भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत ओममाया ओलीलाई सहयोग हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार ०७:४२

काठमाडौं ।दोलखा बिगु गाउँपालिका–५ घर भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत ओममाया ओलीलाई दोलखा ओली समाजले सहयोग रकम उपलब्ध गराएको छ ।प्रदेश सांसद विशाल खड्काले एक लाख एक हजार पाँच सय ४० रुपैयाँ ओलीलाई हस्तान्तरण गरेका हुन् । 
देउसी–भैलोबाट संकलित ९१ हजार पाँच सय ४० र सांसद खड्काबाट प्राप्त १० हजार हस्तान्तरण गरिएको ओली समाजका अध्यक्ष हिरालाल ओलीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु