प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

खेलकुदमा उत्साहजक प्रदर्शनको लागि संगीतको प्रयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २६, मंगलवार ०७:५५

डिएन घिसिङ

संगीतले कसैको मुड बढाउन सक्छ, उनीहरूलाई उत्साहित बनाउँछ अनि शान्त र आराम दिन्छ। खेलकुदमा संगीत पनि उतिकै महत्त्वपूर्ण रहेको हुन्छ जब खेलाडी जीवनमा सोचनिय गर्ने सम्भावित सबै भावनाहरू महसुस गर्ने अनुभुत दिलाउछ। प्रशिक्षण वा प्रतियोगिता शुरु हुन अगावै संगीतले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। आधुनिक खेलकुद प्रतियोगिताहरुमा खेल शुरु हुनुभन्दा अगाडि आ–आफ्नो राष्ट्रको राष्ट्रिय गान तथा सम्बन्धित खेलकुदको संगीत प्रशारण गर्ने गरिन्छ।जसले गर्दा खेलाडीलाई उर्जा, हौसला, एकाग्रता प्रदान गरेको हुन्छ । सैद्धान्तिक अनुसन्धानमा धेरै प्रसिद्ध खेलाडीहरू संगीत श्रवण गर्दै उनीहरूको प्रदर्शन वृद्धि भएको देखिएको छ ।
खेल र अभ्यासमा म्युजिकबाट कसरी फाइदा लिन सकिन्छः खेल टेक्नोलोजीको प्रगतिसँगै खेलाडीहरुमा मनोवैज्ञानिक र प्रदर्शन प्रभावहरूको लागि संगीतलाई प्रभावकारी बनाइयो । संगीतले मनोवैज्ञानिक प्रभावहरूमा मुड, प्रभाव, भावना, मनोवृत्ति, अनुभूति र व्यवहारलाई प्रभाव पार्दछ । थकान, ढिलाइ, आलस्यता जस्ता कार्यहरुलाई क्षमता बृद्धि गर्न र शारीरिक प्रदर्शन सुधार गर्न संगीतले उत्साहजक प्रभाव प्रस्तुत गर्दछ ।यो प्रायः खेलाडीहरुले प्रशिक्षणको समयमा सामुहिक वा एकल रुपमा श्रवण गरेर उत्कृष्ट उत्पादकता वा शक्तिको अपेक्षित स्तरभन्दा अधिक परिणाम पाउछन् ।
खेलकुदमा संगीतलाई दुई भागमा विभाजन गरिएको छः
(क) भावनात्मक गीत
(ख) मनोरञ्जनात्मक गीत
(क) भावनात्मक गीत- भावनात्मक गीतले खेलाडीहरुलाई बढि जिम्मेवार बनाउँछ । समाजमा रहेका विगत र वर्तमानसँग जोडिएका भावहरु अर्थात् सदावहार गीतले खेलाडीलाई प्रभावित बनाएको हुन्छ, जस्तैः राष्ट्रिय गीत, खेलसँग सम्बन्धित गीत, समाजको प्रतिबिम्बित गीत ।
(ख) मनोरञ्जनात्मक गीत- मनोरञ्जनात्मक गीतले खेलाडीलाई शरीरिक रुपमा उर्जा प्रदान गर्छ । यसमा मुडअनुसार खेलाडीले गीत सुन्ने र शरीरलाई चलायमान बनाउने गर्छन् । प्रशिक्षण तथा प्रतियोगिता स्थलहरुमा समुहगत चलन चल्तीका गीतहरु प्रयोग गरिन्छ, जस्तैः आधुनिकता गीत, लोकप्रिय गीत ।
संगीत थेरापीको प्रयोग
खेलमैदानमा होस या बाहिर खेलाडीको जीवनस्तर सुधार गर्नका लागि संगीत प्रभावकारी इन्जोईन्क क्लिनिकल प्रयोग हो। संगीत थेरापिमा धेरै पक्षहरू प्रयोग गर्दछन् – जस्तै शारीरिक, भावनात्मक, मानसिक, सामाजिक, सौन्दर्य, र अध्यात्म ,सामाजिक, ग्रहणात्मक हुन। खेल सुधारत्मक र स्वस्थ स्फुर्त प्रयासको लागि एक सरल बिधी पनि हो। संगीत आफैमा अनुभुती हुने हुदा ग्रहण गर्ने ब्यक्तिले कल्पनामा लिन भएर उर्जा भर्ने काम गर्दछ । अनुभवहरूमा सकारात्मक , पुन: निर्माण, रचना, ग्रहणशील विधिहरू मनमोहक रहेको हुन्छ।
खेलाडीको मानसिक र प्रदर्शन खेलकुदमा सबै भन्दा महत्वपूर्ण कुरा रहन्छ। जस्तो कि कुनै पनि खेलाडीले आफ्नो अनुभव र बिश्वास निर्माण गरेर जब मह्त्वपुर्ण प्रतियोगिता वा प्रशिक्षणमा सामेल भएका हुन्छन् तब त्यहा खेलाडीको मानसिक बिचार दुई पक्षमा बिभाजन भएका हुन्छ। (क)आत्मबिश्वास र (ख)सकिर्ण सोच(डर),
खेललाई कौशल बनाउने र प्रदर्शन सुधार गर्ने निरन्तर प्रयासमा, खेलाडीहरू जहिले पनि कुनै कुरा खोजिरहेका हुन्छन् जसले तिनीहरूलाई आत्मविश्वास कायम होस। उनीहरूलाई डराउँन वा सकिर्ण सोच हटाउन सङ्गीतको प्रयोग विश्व ब्यापी बढेको हो। कसरत गर्दा संगीत सुन्नु खेलाडीको लागि धेरै लोकप्रिय अभ्यास हो। परिबर्तीत स्वभावलाई नियन्त्रण गर्द्छ।शारीरिक प्रदर्शन बढाउँन सङ्गीतले प्रभावकारी भुमिका निभाउने एक अध्ययनले देखाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु