ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २६, मंगलवार ११:०१

काठमाडौँ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपाल आउँदै छन् । चार दिवसीय भ्रमणका लागि उनी आज मध्याह्न बङ्गलादेश एयरलाइन्सबाट नेपाल ओर्लने कार्यक्रम छ । लामो समयपछि बङ्गलादेशबाट यस स्तरको भ्रमण भएको हो ।

आजै उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नेछन् । त्यसपछि नेपालमा रहँदा राष्ट्रपति हमिद बस्ने होटल मेरियटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजैसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय छ । राष्ट्रपति हमिद आज साँझ नेपालस्थित बङ्गलादेश राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ ।

त्यसैगरी भ्रमणको दोस्रो दिन राष्ट्रपति हमिद औपचारिक कार्यक्रममा व्यस्त रहने र यसै दिन दुई देशबीच हुने मुख्य कार्यक्रम सकिने परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । जसअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनादेशी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगात पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दल नेतालाई बुधबार नै भेट्नेछन् । उनको महत्त्वपूर्ण भेटघाट राष्ट्रपति भवन शीतल निवास र होटल ¥याडिनमा हुने जनाइएको छ ।

तेस्रो दिन बिहीबार राष्ट्रपति हमिद ‘रि ट्रिट’का लागि पोखरा जानेछन् । त्यहाँ उनले फेवा तालमा केहीबेर बोटिङ गर्नेछन् । त्यसैगरी उनले पोखराको विभिन्न स्थानको दृश्यावलोकन गर्नेछन् र काठमाडौं फर्किनेछन् । त्यसैगरी भ्रमणको अन्तिम दिन शुक्रबार चद्रागीरी जाने कार्यक्रम छ । उनी शुक्रबार साँझ ५:०० स्वदेश फर्कने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु