बंगलादेशी राष्ट्रपति आइपुगे, विमानस्थलमा राष्ट्रपति भण्डारीद्वारा स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार १४:१३

काठमाडौं ।बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन्।
उनलाई विमानस्थलमै राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन्।

५२ सदस्यीय प्रतिनिधि मण्डलको साथमा उनी नेपाल भ्रमणमा आइपुगेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु