राष्ट्रका लागि युवाद्वारा ‘लिपुलेक, कालापानी नेपालको हो’ हस्ताक्षर अभियान सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार १८:११

काठमाडौं, २६ कात्तिक । राष्ट्रका लागि युवाको आयोजनामा‘लिपुलेक, कालापानी नेपालको हो’ र ‘देश बचाउने जिम्मेवारी हाम्रो’ हो भन्ने मूल नारा लिएर हस्ताक्षर अभियान सुरु गरेको छ । उक्त हस्ताक्षर अभियान देशभरि सञ्चालन गरिने आयोजकले जनाएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराईएको छ । निकोलस भुषालको नेतृत्वमा राष्ट्रका लागि युवाले पहिल्यैदेखि विविध सामाजिक तथा वातावरणीय कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ८ देखि दश लाख हस्ताक्षर संकलन भैसकेपछि नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित् राष्ट्रसंघको मुख्यालयमा पठाउने पनि आयोजकले जनाएको छ ।

हस्ताक्षर संकलन र निःशुल्क स्वास्थ्य शिविर तथा पर्यटन प्रर्वद्धनको लागि स्वर्गको टुक्रा दार्चुलाको कालापानी र लिपुलेक जाने कार्यक्रम पनि रहेको आयोजकले बतायो ।
कार्यक्रममा सामाजिक अभियन्ता आशिका तामाङ, हिमाल सरसफाई अभियान्ता पिके शेर्पा, बरिष्ठ समाजसेवी उर्मिला डंगोल, सामाजिक अभियन्ता पुण्यप्रसाद गौतम, सामाजिक अभियन्ता रुपक अधिकारी, प्राध्यापक डा. विष्णु पाठकलगायतले लिपुलेक र कालापानी र लिपुलेक नेपालको भएको बताउँदै यसको लागि आफूहरु सशक्त भएर लाग्ने बताए ।
उनीहरुले नेपालको आफ्नो भू–भाग जसरीपनि फिर्ता लिनुपर्ने बताएका छन् । उनीहरुले यसका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा उपस्थिति सबैले आफूहरुको हस्ताक्षर अभियानमा ऐक्यवद्धता जाहेर गर्न अपिल गरेका छन् । आजको कार्यक्रमको सञ्चालन लेनिन विष्टले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु