काठमाडौं – डा. गोविन्द केसीले आ*न्दोलन स्थगित गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डडेल्धुरामा अनसन बसिरहेका डाक्टर केसीले मंगलबार १७ औं दिन अनसन स्थगित गरेका हुन् ।भारतले सीमा मिचेको विषयमा देशैभरी आन्दोलन भइरहेको सन्दर्भमा सोही आन्दोलनमा ऐक्यबद्धता जनाउँदै डाक्टर केसीले आ*न्दोलन स्थगित गरेको जनाएका छन् । यसअघि आजै डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रि*एको भन्दै स्वाथ्य मन्त्रालयले चिकित्सक पठाएकोमा डा. केसीले ती चिकित्सकसँग उपचार गराउन अस्वीकार गरेका थिए ।