खुट्टाले साहित्य सिर्जना गर्ने बहुचर्चित नेपाली साहित्यकार झमक घिमिरेको जीवन कथामा बायोपिक फिल्म निर्माण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २७, बुधबार ०७:३८

काठमाडौं। खुट्टाले साहित्य सिर्जना गर्ने बहुचर्चित नेपाली साहित्यकार झमक घिमिरेको जीवन कथामा बायोपिक फिल्म निर्माण भएको छ। जुन चलचित्रको नाम नै साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति जीवन काँडा कि फूल राखिएको छ।

यस वायोपिक फिल्म देशभर प्रदर्शन भैरहेको छ। जन्मजात वोल्न नसक्ने तथा हात नचल्ने भएतापनि दुई खुट्टाको साहारामा घस्रेर अत्यन्त संघर्षका साथ स्वतःस्फूर्त रुपमा अध्ययन गरेर साहित्य सिर्जना गर्ने पूर्वीनेपालको धनकुटा नगरपालिका कचिडे निवासी झमक घिमिरेको बायोपिक फिल्म जीवन काँडा कि फूलमा झमक घिमिरेको बाल्यअवस्थाको भूमिकामा अवस्था थापाले अभिनय गरेकी छन्।
युवा झमक घिमिरेको भूमिकामा रोजिता बुद्धाचार्यले अभिनय गरेकी छन्। दुवैको भूमिका बेजोड नै रहेको छ। सात बर्षको उमेरमा झमक घिमिरेको बाल्य अवस्थाको बेजोड अभिनय गर्ने अवस्था घिमिरेले अनेक कठिनताका बाबजुद पनि झमक घिमिरेको हुबहु अभिनय गर्ने कोशिश गरेकी छन्। उनको हजुरआमाको भूमिकामा दार्जिलिङकै बेजोड अभिनेत्री मेनुका प्रधानले गरेकी छन्।
विनोद विष्ट निर्माता तथा निर्देशक रहेका छन्। कार्यकारी निर्मातामा जुनु गौतम, बद्री चौहान र उमेश सुवेदी रहेका छन्। कार्यकारी निर्मात्री जुनु गौतम चलचित्र जीवन काँडा कि फूलकी गायिका पनि हुन्। जुनु गौतमले नै झमक घिमिरेको बाल्य अवस्थाको भूमिकामा बेजोड अभिनय गर्ने अवस्था थापालाई दार्जिलिङवाटै खोजेर ल्याएकी हुन्।

यिनै बाल्यअवस्थाकी सानो झमक घिमिरे अवस्था थापा, हजुरआमा मेनुक प्रधान, कार्यकारी निर्मात्री जुनु गौतम र अवस्था थापाकी आमासंग काठमाडौंको बागबजार स्थित होटल होलिडे ताजमा भिजन संसार डटकमले गरेको कुराकानी यहाँ जस्ताको तस्तै प्रस्तुत छ–

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु