श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष प्रचण्डबीच भेटवार्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार १३:३३

काठमाडौँ , कात्तिक २७ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।

बुधबार बिहान भएको भेटवार्तामा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।भेटमा बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन प्रचण्डले खलेको भूमिकाको प्रशंशा गरेका थिए ।

यस्तै राष्ट्रपतिले आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल सुन्दर मुलुक भएको बताए ।

नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति अब्दुलले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकता अविस्मरणीय रहेको बताए ।

यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नया‘ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि दुई राष्ट्रपति अब्दुल र अध्यक्ष प्रचण्डबीच छलफल भएको बताइएको छ ।

चार दिने नेपाल भ्रमणको सिलसिलामा राष्ट्रपति अब्दुल मंगलबार नेपाल आएका थिए । बुधबार बिहान राष्ट्रपति अब्दुल र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच पनि भेटवार्ता भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु