रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नेपाली जनसम्पर्क समिति भारत द्वारा सीमा समस्या समाधानको लागि ध्यानाकर्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २९, शुक्रबार ०८:१२

काठमाडौं । नेपाली जनसम्पर्क समिति भारतका  अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले  नयाँ दिल्लीस्थित नेपाली दूतावास  र भारतीय विदेश मन्त्रालयमा पुगी सीमा समस्या समाधानको लागि ध्यानाकर्षण गराएका छन्।भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा कालापानी र लिपुलेक आफ्नो भूभागमा पारेपछि नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति भारतकोले आफ्नो ध्यानकर्षण भएको जनाएको छ । आठ सदस्यीय  प्रतिनिधि मण्डलले भारतीय विदेश मन्त्रालयमा ज्ञापपत्र पनि बुझाएको छ ।
दिल्लीस्थित नेपाली दूतावासको माध्यमबाट र नेपाल सरकारको पहलमा कूटनीतिक ढङ्गले यो समस्याको समाधान खोज्न समितिले आग्रह गरेको छ । नेपालको भूमि कुनै पनि ढङ्गले अतिक्रमण गर्ने कार्य आफ्नो लागि अस्वीकार्य रहेको समितिले जनाएको छ ।
सबैको साथ पाउँदा पनि भूमि अतिक्रमणका विषयमा प्रधानमन्त्री केपी ओली मौन बस्नुको कारण देश र प्रवासमा रहेका लाखौँ नेपालीले जान्न चाहेको समितिले जनाएको छ । नेपाली जनताको भावनाको सम्मान गर्दै अभिलम्ब कूटनीतिक पहल शुरु गर्न समितिले जोडदार माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु