गायिका विष्णु माझी र गायक सागर विरहीको स्वरमा “अछुत” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २९ गते, शुक्रबार १५:२१

काठमाडौं ।गायिका विष्णु माझी र गायक सागर विरहीको स्वरमा “अछुत” बोलको गीत सार्वजनिक भएको छ । गीतमा सागर विरहीको संगित संयोजन, राजेन्द्र पुरीको लेखन रहेको छ । “अछुत” गित लोकभाकामा आधारित जिवनको बास्तविक कथावस्तु र समाजले विभिन्न रुपमा “अछुत” भनेर सम्वोधन गर्ने मानिसको ब्यावहारमा आधारित रहेको छ ।

गीतको भिडीयोमा आशा खड्का, विपेश घिमिरे र मधु आचार्यलाई फिर्चड गरिएकोे छ । बबिता श्रेष्ठ को निर्देशनमा तयार भएको गीतको भिडीयोमा सागर गौत्तमको छायाँकन र अविनास डिसीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु