भट्टिमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक २९ गते, शुक्रबार १६:२५

यहि जोवनले चलेको छ, व्यापार भट्टिमा
कयौं तोडिएको देखेकी छु, घरबार भट्टिमा

छोराछोरीलाई नाना श्रीमतीलाई सारि छैन
सजिलै निकाल्दछन तिनले, हजार भट्टिमा

मायामा घाइते भएका बोझले थिचिएका
एक चुस्किसगैं भएको छ,उपचार भट्टिमा

न बोल्दछ कसैसँग न मिल्दछ कसैसँग
धाराप्रवाह दिदैं छ उहि ,लगातार भट्टिमा

काम कुरो एकातिर कुम्लो बोकि ठिमितिर
मातका योजना भएका छन,साकार भट्टिमा
बलराम पौडेल पुतलीबजार -१४स्याङ्जा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु