गायक तथा संगीतकार रोज मोक्तान नयाँ लोकपप गीत “तरुनी”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार ०७:४१

काठमाडौँ – गायक तथा संगीतकार रोज मोक्तान नयाँ लोकपप गीत “तरुनी”को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाजमा तयार भएको गीत “तरुनी”को भिडियोमा रोज निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ।उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोलाइ युवराज वाईबाको निर्देशन रहेको छ। रामेछापको खनियापानीमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रबेश गर्ने बाटो खोलेका थिए भने ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको र नेपाली गरी ११ वटा एल्बम निकालिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु