ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

प्रधानमन्त्री को प्रेस सल्लाहकारमा थापा नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ कार्तिक ३०, शनिबार ११:०७

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्।

सचिवालय सदस्यहरु हेरफेर गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख समेत रहेका थापालाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन् । पत्रकार समेत रहेका थापा ९ वर्ष अगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि पनि प्रेस सल्लाहकार थिए ।
स्रोतकाअनुसार शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सल्लाहकार नियुक्तबारे जानकारी दिएका थिएनन् । अधिकांश समय विधेयकहरुबारे छलफल भएको थियो ।

तर बैठकका निर्णयहरुको माइन्यूटमा भने सल्लाहकार नियुक्तलाई समावेश गरिएको छ । सल्लाहकारहरु नियुक्ति प्रधानमन्त्रीको तजविजी अधिकार भएकाले छलफल नभएको एक मन्त्रीले बताए ।

यसअघि कुन्दन अर्याल प्रेस सल्लाहकार थिए । उनीसँगै प्रेस संयोजक चेतन अधिकारीले दिएको राजीनामा भने स्वीकृत भएको छ ।

प्रधानमन्त्री ओलीले इन्जिनियर गजेन्द्र थपलियालाई विकास विज्ञ नियुक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु