प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रोपटक ‘हेमोडायलासिस’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०७:५२

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रोपटक ‘हेमोडायलासिस’ गरिएको छ ।

काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनको हेमोडायलासिस गरिएको अस्पतालले जनाएको छ ।

‘उहाँको आज पुनः हेमोडायलासिस सम्पन्न भएको छ । हाल उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको छ’–अस्पतालले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उपचारपश्चात् प्रधानमन्त्री ओली शनिबारै प्रधानमन्त्री निवास फर्कने विज्ञप्तिमा जनाइएको छ ।
यसअघि, प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमै दुईपटक हेमोडायलासिस गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु