अखिल नेपाल फुटबल संघ ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १ गते, आईतवार ०८:००

काठमाडौंं –अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो । विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध खेल्ने नेपाली टीमका खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै बर्खास्त गरेको एन्फाले जनाएको छ । उनीहरु मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएकाले कारबाही गरिएको हो । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टीमबाट बर्खास्त गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु