• उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको शनिबार अन्तिम नामावली प्रकाशन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ मंसिर २०७६, आईतवार ०८:१७

    काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहका उम्मेदवारको शनिबार अन्तिम नामावली प्रकाशन गरिएको छ ।

    निर्वाचन आयोगले स्वीकृत निर्वाचन कार्यतालिका अनुसार एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्ष पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

    कूल ४८ पदका लागि २७३ उम्मेदवारको नामावली टुङ्गो लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    कूल २८२ उम्मेदवारको मनोनयपत्र दर्ता भएकामा नौ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु