आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

सपनको ‘लै बरी लै’ सार्वजनिक ५ चर्चित हट मोडल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १ गते, आईतवार १५:५२

काठमाण्डौं, नेपाली सांगीतिक जगतका चिरपरिचित तथा पुराना गायक सपन श्रेष्ठको नयाँ गीत ‘ लै बरी लै’ सार्वजनिक गरेका छन्। गायक सपन र र्यापर प्रिन्स राज फिचर भएको “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियो नेपाली प्रयाङ्क मिनिस्टर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ।सार्वजनिक भएको साता दिन नबित्दै नै निकै राम्रो प्रतिक्रिया पाएको यस गीत बाट गायक श्रेष्ठ निकै आशावादी छन् ।

गायक श्रेष्ठको जबर्जष्त हट भिडियोमा नेपालका चर्चित मोडलहरु मोडल तनुजा गुरूङ, सुष्मा अधिकारी,सम्पदा बानियाँ ,स्वीकृति प्याकुरेल ,कश्या अधिकारी लगायतलाई ग्ल्यामर लुक्समा फिचर गरिएको छ। गीतमा गायक श्रेष्ठ र कोरियोग्राफर नरेश वीर सिंहलाई पनि फिचर गरिएको छ।

मेकिंगको हिसावले निकै उत्कृष्ट देखिएको यस भिडियोलाई नरेश वीर सिंहले कोरियोग्राफी र नितिन चन्दले निर्देशन गरेका हुन् ।दिप्सन डंगोलले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

गायक श्रेष्ठ कै श्रीमती अन्जना श्रेष्ठ निर्मात्री रहेको यस भिडियोमा चलेका मोडललाई उचित तरिकाले भिडियोमा उतार्न गायक श्रेष्ठ सफल भएका छन् ।’गीत कै डिमाण्डका कारणले मैले धेरै मोडल राखेको हु , यो गीत बाट मैले धेरै आश गरेको छु’, उनले भने।

बृजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको गीतलाई गायक सपनले पूर्ण रुपमा न्याय गरेका छन् । यो गीत अनि भिडियो नै सपनको अहिलेसम्मकै सर्वोत्कृष्ट रहेको प्रतिक्रिया पाईरहेको, निर्मात्री अन्जना श्रेष्ठले बताईन् । भिडियोबाट प्राप्त रोयल्टीको २० प्रतिशत हिस्सा भिम विकलाई सहयोग गर्ने गायक सपनले बताए्र ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु