प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै गरे ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत उद्वघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर २ गते, सोमबार १२:५३

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत परियोजनाको सिंहदरबारबाट उद्घाटन गरेका छन्।

बिहान ११ बजे डिजिटल प्रविधि प्रयोग गरेर प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै नुवाकोटको किसपाङ गाउँपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन गरेका हुन्।

परियोजना उद्घाटन समारोहमा भाग लिन ऊर्जामन्त्री वर्षमान पुन भने नुवाकोटको किसपाङ गाउँपालिका पुगेका थिए।। सो परियोजनाले आठ महिनाअघि नै विद्युत उत्पादन सुरू गरेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु