के–कस्तो छ आज सुनचाँदीको भाउ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १३:३५

काठमाडौं, मंसिर २- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य केहि घटेको छ । सोमबार सुन तोलाको दुई सय रुपैंयाले घटेको छ ।

आइतबार ७१ हजार ८ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज ७१ हजार ६ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ७१ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको छ भने चाँदी तोलामा ५ रुपैंयाले घटेर प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु