२ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ० दशमलव २४ अंकले घटेर १ हजार १३१ दशमलव १२ बिन्दुमा पुगेको छ ।
त्यस्तै यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ० दशमलव ५३ अंकले घटेर २ सय ४८ दशमलव ६० अंकमा पुगेर बन्द भएको छ ।
यस दिन कुल १६० वटा कम्पनीको ११ लाख ८८ हजार ८४५ कित्ता शेयरको कारोबार हँदा ३५ करोड ६८ लाख ६१ हजार ८५७ रुपैया बराबरको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका १२ वटा समूहमध्ये जलविद्युत, उत्पादन, अन्य र म्युचल फण्ड बाहेक बाँकी सबै समूहको शेयर मूल्य बढेको छ । यस दिन सबैभन्दा धेरै बढ्नेमा ट्रेडिङ समूह ३१ दशमलव ८३ अंक रहेको छ भने घट्नेमा सबैभन्दा धेरै उत्पादन समूह ३८ दशमलव ९१ अंक रहेको छ ।