• रुम टु रिडद्धारा व्यासका विभिन्न विद्यालयमा शिक्षकहरूसँग छलफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार १८:१४

    मदन तिमल्सेना

    मंसिर २ गते , तनहुँ – शिक्षित वालबालिकाहरुबाट नै संसारमा परिवर्तनको थालनी हुन्छ भन्ने विश्वासका साथमा ग्रामीण तथा सहरी भेगका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुय्याउन रुम टु रिड तथा विद्यालयको सहकार्य तनहुँ जिल्लामा साक्षरता कार्यक्रम संचालन भइरहेको छ ।

    शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रमाकान्त शर्मा , शिक्षा शाखा प्रमुख व्यास नगरपालिका नगेन्द्र प्रसाद रेग्मी , राधा आचार्य , पत्रकार मदन तिमल्सेना रुम टु रिडका हरि प्रसाद आचार्य , मन्जु लोहनी , ज्योति आचार्य , नमिता तिमल्सेना, नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका उज्जवल खनाल , राजेश रिमाल लगायतले जलदेवी माध्यमिक बिद्यालय र पराशर आधारभूत बिद्यालयमा अनुगमन गरेका थिए । तनहुँ जिल्लामा रुम टु रिडको आर्थिक सहयोग पढनको लागि कोठाको प्राविधिक सहयोग एवम् नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सन् २०१७ देखि सामुदायिक विध्यालय साक्षरता कार्यक्रम सञ्चालनमा रहेको छ । यस जिल्ला ८४ वटा विघालयमा पुस्तकालय कार्यक्रम र सन् २०१७ र २०१८ मा साक्षरता कार्यक्रम गरि जम्मा १८७ बिद्यालयमा रुम टु रिडले काम गरिरहेको छ ।

    कार्यक्रमको उदेश्य पठन सीपको विकास गर्ने ,समुदायको सहभागीता बढाउने , बालमैत्री बसाइ व्यवस्थापन सहयोग गर्ने , शिक्षकहरुको क्षमता विकास गर्ने गरेको छ । यस संस्थाले बिघालयलाई तीन वर्षका लागि सहयोग गर्ने गरेको छ । त्यस अबधिमा पुस्तकालयको स्थापना गर्ने रहेको छ ।

    शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रमाकान्त शर्माले रुम टु रिडले गर्दा बिघार्थिहरुमा आत्मा विश्वास बढ्दै गएको र खुलेर बोल्न सक्ने पढ्न लाउदा स्पष्ट पढ्न सक्ने देखिएका
    बताए ।

    शिक्षा शाखा प्रमुख व्यास नगरपालिका नगेन्द्र प्रसाद रेग्मीले रुम टु रिडर नेपाल गाजा डेभलपमेन्टको ब्यबस्थापनले कक्षा कोठा व्यवस्थापन तथा शैक्षिक सामाग्रीको बिद्यालयलाई सहयोग गर्ने , कक्षा १ र २ को नेपाली भाषा शिक्षकका लागि शैक्षणिक तालिम दिएको छ यसले शिक्षकहरुलाई बालबालिकाहरुलाई सजिलै बुझाउने गरेर सिकाउन सक्ने गरेका छन् ।

    कार्यक्रममा रुम टु रिडले बनाएको पुस्तकालय अनुगमन तथा शिक्षकहरू सँग छलफल र कार्यक्रमको समीक्षा तथा अनुभव आदान प्रदान समेत गरिएको थियोे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु