पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

बहुप्रतिभाशाली श्यामानन्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ३ गते, मंगलवार ०७:३६

सरकारले कलाकारहरूको संरक्षणमा ध्यान दिन नसकेको बेला नेपालगन्जका एक कलाकारले आफ्नै घरमा कला सङ्ग्रहालय स्थापना गरेका छन् । विगत तीन दशकदेखि चित्रकला र हस्तकला बनाउँदै आएका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले नेपालगंज –९ , बाँकेगाउँ स्थित निजनिवासमा कला संग्रहालय स्थापना गरेका छन् ।

बाल्यकालदेखि नै कलाकारिता क्षेत्रमा सक्रिय सिंहले कलाको संरक्षण तथा सम्वद्र्धनमा लागि परेको भए पनि कतैबाट सहयोग नपाएपछि आफूले घरमै संग्रहालय सञ्चालन गरेको बताएका छन् । कलाकार ठकुरीले आफ्नो घर भाडामा नदिई हाल संग्रहालय स्थापना गरी आम नागरिकका लागि निःशुल्क अवलोकन गर्ने गरी खुला गरेका छन्

उनले प्रयोग गरेर फालिएका एबम खेर गएका सामग्रीहरु जस्तै कागज, बोतल, फाम , केराका पात लगायतका समानको प्रयोगबाट कलाको निर्माण गर्दछन् । ठकुरीले प्रख्यात मन्दिर तथा विभिन्न धर्म , जातजातिको पहिचान झल्किने चित्रहरू रानीमहल , लोपुन्मुख चिजहरु , भगवानको मूर्तिहरू , सवारी साधनहरु एबम घरमा आवश्यक पर्ने सामग्रीहरु गरी करिब दुई हजार कलाकृती निर्माण गरेका छन् भन्ने सन्देशमूलक चित्रहरू समेत बनाएका छन् । ठकुरीले बनाएका पेन्टिङहरु बाँके लगायत बाहिरका ठुलाठुला होटल तथा रेष्टुरेण्टहरुमा राखेका छन् । ठकुरीले बि.सं २०७२ सालमा नेपाल सरकार संस्कृति मन्त्रालयबाट लोककलामा क्षेत्रिय प्रतिभा पुरस्कार एबम नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानबाट बिशेस पुरस्कार प्राप्त गरि सकेका छन् । ठकुरीको संग्रहालयमा हस्तकलातर्फ – पÞmालेटालेका बस्तुबाट निर्मित , कागजबाट निर्मित , पुराना एबम लोपउन्मुख , सांस्कृतिक , एतिहासिक धार्मिक धरोहर एबम फामबाट निर्मित आकर्षक कलाकृतिहरु छन् भने चित्रकलातर्फ ल्यान्डस्केप , अमुर्त ,नाइपÞm , मोडर्न , कल्चर , पोर्ट्रेट , तेलपानी चित्रहरु राखिएका छन् ।
२०७२ सालमा सरकारी सेवाबाट अवकास लिएका ठकुरीे साहित्य लेखन , गायन , गिती लेखन , बा“सुरीबादनमा पनि उत्तीकै सिपालु छन ।
उनी भन्छन, मैले कलाकारिताको उत्थानका लागि सबैलाई अनुरोध गरेको भए पनि कतैबाट सोचेअनुरुप सहयोग पाएनन् । उनले कला सङ्ग्रहालय सबैका लागि निःशुल्क अवलोकनका लागि सञ्चालनमा ल्याएको बताए । २ वर्षदेखि संचालनमा ल्याएको उनको संग्रहालयमा सोचे अनुसार अवलोकनका लागि आउने नगरेको उनी बताउँछन् । ६५ बर्षीय उमेरमा समेत कला सामग्री निर्माण गरिरहेका श्यामानन्द सिंह ठकुरीको यो कार्य निकै प्रशंसनीय छ । उक्त कार्यको प्रशंसा गर्दै कलाकारलाई उत्प्रेरित गर्न सबै क्षेत्र लाग्न जरुरी छ, हाम्रो समाजमा रहेका यस्ता अदृश्य नायकहरूको खोजी गरी उनीहरूको कलाको सम्मान गर्न सरकार एबम स्थानीय निकायको ध्यान जान जरुरी छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु