मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

थाईल्याण्डमा सम्पन्न भयो १६ औं एशिया प्रशान्त क्षेत्रीय स्वयंसेवक सम्मेलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ३ गते, मंगलवार ११:४२

बैंकक, १६ औं एशिया प्रशान्त क्षेत्रीय स्वयंसेवक सम्मेलन यही नोभेम्बर ११–१५ २०१९ मा थाइल्यान्डको बैंककमा सफतापुर्वक सम्पन्न भएको छ । सम्मेलनको उद्देश्य नागरिक समाज, सरकारी क्षेत्र, निगम, गैर सरकारी संस्था र शैक्षिक संस्थाहरुलाई एकै ठाउँ ल्याउनु रहेको थियो ।यस बर्षको मुल नारा अनलकिगं द पावर अफ भोलेन्टियरिंग –रहेको थियो ।जसको अन्तर्य स्वयंसेवकको संस्कृति, क्षमता र सक्षम वातावरण सिर्जना गर्न सबै संभावनाहरुलाई एकै ठाउँमा ल्याउने र स्वयम्सेवाको माध्यमबाट अवसरहरुको पहँुचमा सुधार गर्ने रहेको थियो । सम्मेलनले केवल नेटवङ्कि कार्यलाई प्रोत्साहन गर्ने मात्र नभई स्वसंसेवाको शक्ति पत्ता लगाउन र सुदृढ पार्न पनि अवसर प्रदान गर्छ भन्ने कुरामा जोड दिएको थियो ।
यस कार्यक्रमको उद्घाटन आईएभिईका अन्तराष्टिय अध्यक्ष काईले बेट्स् र थाईल्याण्ड स्थित सामाजिक सुरक्षा तथा मानव सुरक्षा मन्त्री चुती क्रईरिसले गरेको थिए भने यस कार्यक्रमको समापन आईएभिईकाका कार्यकारी निर्देशक निकोल गरेका थिए । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका २८ देशका ४०० जना स्वयंसेवक सहभागी थिए ।
उक्त सम्मेलनमा नेपालको तर्फबाट कल्याणकारी स्वयंम्सेवक संघ नेपालले प्रतिनिधित्व गरेको थियो । संस्थाका अध्यक्ष अक्कल तामाङले नेपाली टोलीको नेतृत्व गरेका थिए । टोली नेता तामाङले नेपाली स्वयम्सेवकहरुले आर्थिक समृद्घीको लागि युवा स्वयम्सेवीको महत्वमा जोड दिदै विभिन्न छलफलमा भाग लिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु