स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

सोसल एप नामक नयाँ मोबाईल एप सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ३, मंगलवार १६:३५

काठमाडौँ – फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्वचर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप बजारमा आएको छ । अनलाइन मार्ग मिडियद्धारा निर्माण गरिएको उक्त एप मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो ।

उक्त एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र निकट भविष्यमै एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने सोसल एपका फाउण्डर हेम राज जोशीले बताए । सोसल एप किन डाउनलोड गर्ने भन्ने हाम्रो प्रश्नमा फाउण्डर जोशी भन्छन्, ‘मोबाईल स्पेश थोरै लिने (३ एमबी भन्दा कम), ह्याङ पनि नहुने चलाउन एकदमै सजिलो, सबै एपहरु एकै ठाउँमा भएका कारण व्यवस्थित एप पनि हो यो, एउटा मोबाईलमा एकै पटक धेरै एपहरु चलाउदा ब्याट्री चाडै सिद्धिन्छ तर यो पनि चलाउनुभयो भने ब्याट्री लामो समय टिक्छ । अरु एप जस्तो बेलाबेलामा विज्ञापन आएर दिक्क लाग्ने खालको यो एप होईन, यो एप सबैका लागि आवश्यक छ जस्तो लाग्छ मलाई ।’

नेपालमा यस्तो खालको एप पहिलोपटक बनेको उनको दाबी छ । अन्य देशमा यो एपसँग मिल्दाजुल्दा एपहरु बनेपनि यो एप जस्तो पृथक एप अहिलेसम्म नबनेको जोशीको भनाई छ । केही दिन पछि विशेष समारोहकाबीच सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँछ ।
https://play.google.com/store/apps/details?id=com.onlinemarg.socialapp

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु