• परदेसमा बस्ने नेपालीहरुको पहिलो पटक हास्य सीरियल ‘बेसारेको मायाजाल’ सुरुवात”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार ०८:४०

    सचिन्द्र श्रेष्ठ, बैदेशिक रोजगारिका लागि युएई आएका नेपालीहरुले कलाकारिता क्षेत्रमा रुचि भएका नेपाली कलाकारहरुको पहिलो हास्य टेलिशृंङखला ‘बेसारेको मायाजाल ‘ सार्बजनिक भएको छ।
    ‘ बेसारेको मायाजाल’ बि टु के एसिया को आधिकारिक यूट्यूब च्यानल बाट प्रसारण भएको उक्त सिरियललाई ब्यबस्थापक कैलाश अर्याल , बरुन खनाल र बिष्णु खनालले गरेका छन ।
    देश तथा बिदेशमा भएका तिता मिठा घटना,राजनैतिक ,सामाजिक बिकृति बिसंगतिलाइ लिएर हास्यब्यङ्ग मार्फत उजागर र चेतना दिने उदेश्यले यो कमेडी सीरियल प्रसारण गरिएको लेखक तथा निर्देशक इन्द्र सिन्चुरी बताउँछन्।
    युएइको चिरपरिचित रंगमन्च कलाकार साथै इनास युएईका केन्द्रीय सदस्य समेत रहेका सिन्चुरिका अलावा अमित सापकोटा,अंजुली लोप्चन,आशिका आचार्य, सुदीप गैरे, शिव श्रेष्ठ,बिजया गौतम लगायतका कलाकारले अभिनय गरेका छन।
    इनास अध्यक्ष राम तामाङले यस्ता हास्य सीरियल स्वागत योग्य भएको बताएका छन्। उनले यस्ता कार्यक्रमले मौलिकता,कला सस्कृतिको बिकासमा यो सीरियल कोसेढुंगा साबित हुने बताउँछन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु