रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिने अवधिका २१ वटा असफलता सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ४, बुधबार ०८:५६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको २१ महिने अवधिका २१ वटा असफलता सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत् नेपाली कांग्रेसले सरकारका २१ वटा असफलताको सूची सार्वजनिक गरेको हो ।

कांग्रेसले वर्तमान सरकार राष्टियताको मुद्दादेखि भ्रष्टाचार नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नमा समेत असफल भएको उल्लेख गरेक छ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले आगामी उपनिर्वाचनमा सरकारका यिनै असफलताहरुलाई विश्लेषण गरेर मतदाताले मतदान गर्ने विश्वास व्यक्त गरे। यस्तै विद्यार्थीबाट कांग्रेसको उपनिर्वाचन केन्द्रित आह्वान पत्रसमेत पाटी कार्यालयमा सार्वजनिक गरेको छ।

कांग्रेसले २१ वटा शीर्षकमा सरकारका असफलताको फेहरिस्त प्रस्तुत गरेको छ ।

यस्ता छन् कांग्रेसले ठहर गरेका सरकारका असफलता

१) राष्ट्रियताको प्रश्न

२) संविधानप्रति अपनत्वको दायरा विस्तार गर्न नसक्नु

३) सत्ताको सैद्धान्तिक चरित्र निर्क्योलमा असफलता

४) संघीयताको बाँकी कार्यभार पूरा गर्न असफल

५) कूटनीतिक मामिलामा अपरिपक्वता

६) विप्लव प्रकरणमा असफलता

७) शान्ति सुरक्षा र निर्मला पन्त हत्या प्रकरण

८) मूल्य वृद्धि

९) वाइडबडी लगायत भ्रष्टाचार

१०) बूढीगण्डकीमा राष्ट्रघात

११) मेलम्चीमा खेलवाड

१२) निजगढ विमानस्थलको भविष्य अन्योल

१३) चिकित्सा शिक्षाका विद्यार्थीको भविष्य अन्योल

१४) असफल संवैधानिक परिषद्

१५) प्रेस स्वतन्त्रता शब्दमा मात्रै

१६) होली वाइन प्रकरण

१७) गुठी विधेयक

१८) सामाजिक सुरक्षा कोष

१९) बालुवाटार जग्गा काण्ड

२०) सेयर बजार ओरालो

२१) असहिष्णु अभिव्यक्ति र अराजनीतिक चरित्र

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु