भारतको उर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का नयाँदिल्ली प्रस्थानसिन्धु फुड प्रोडक्स प्रालि द्वारा भब्य बनभोज कार्यक्रम सम्पन्नसंयोग र इभानालाई स्वर्णशीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शनरोयल इनफिल्ड महा राइड ः जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा ।युवा व्यवसायी ज्ञानेन्द्र गौतमको सामाजिक यात्रामा निरन्तरता कायमैआज माघ २८ गते सोमबार : यस्तो छ तपाईको राशिफलसाल्ट ट्रेडिङकी सीईओ उर्मिला श्रेष्ठ ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानितलोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा “समानान्तर पृथ्वी”सार्वजनिकरण तथा मुक्तक बिशेष रचना वाचन कार्यक्रम सम्पन्नबगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

साधना लघुबित्त बित्तिय संस्था लिमिटेड तेस्रो बर्षमा प्रबेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ४ गते, बुधबार ०९:०८

गोरखा , साधना लघुबित्त बित्तिय संस्था लिमिटेड तेस्रो बर्षमा प्रबेश गरेको छ । संस्थाले विभिन्न कार्यक्रम गरि दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ ।
गोरखाको हरमटारीमा “मेहनती परिश्रमी तपाइको हात आर्थिक समृद्धिमा साधनाको साथ” भन्ने मुल नाराका साथ स्थापित साधना लघुबित्त बित्तीय संस्थाले स्थापनाको दोस्रो बर्ष पुरा गरी तेस्रो बर्ष प्रबेश गरेको सुखद अबसरमा गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको हो ।
गोरखाको ठूलो आँगनवाट सुरु गरिएको सरसफाई कार्य हरमटारीचोक, घ्याम्पेसाल बसपार्क हुँदै वित्तीय संस्थाको कार्यालय प्राङ्गणमा गई समापन गरेको थियो । आयोजित कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्ब अन्तर्गत रही नगर सरसफाई कार्यक्रमको आयोजना गरिएको र आगामी दिनहरुमा यस सामाजिक अभियानलाई मासिक रुपमा निरन्तरता दिने बताउनुभयो ।
वित्तीय संस्थाका अध्यक्ष कृष्ण वहादुर थापाले बित्तीय संस्थाले छोटो समयमा नै ग्राहक सदस्यहरुको मन जित्न सफल भएकोमा खुसी ब्यक्त गर्दे अझै थप सफलताका लागी ग्राहकको मनोभावना बुझी वहाँहरुको उन्नति, प्रगति हुनेगरी कार्यसम्पादन गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा उत्कृट कर्मचारी आशिष कुमार तामाङलाई Empolyee of the year 2075/076 अबार्ड बाट सम्मान गरिएको थियो ।
साधना लघुबित्त बित्तीय संस्थाले कार्तिक मसान्त सम्ममा ४७ बटा शाखा कार्यालयबाट ३८००० घरपरिबारलाई बित्तीय सेबा प्रबाह गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु