रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नेप्से सूचक १.६५ अंकले घटेर ११२८.३४ विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ४, बुधबार १७:२९

काठमाडौ ।सेयरबजारमा आज पनि गिरावट आएको छ। यो साताको लगातार चौथो गिरावट हो।

बुधबार नेप्से सूचक १.६५ अंकले घटेर ११२८.३४ विन्दुमा झरेको छ। त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि ० .२५ अंकले घटेको छ। आज कुल १ सय ६५ कम्पनीको १० लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ५ हजार ३ सय २८ पटकको खरिदबिक्रीपश्चात् ३० करोडको कारोबार भएको छ।
आज कुल बजार पुँजीकरण १४ खर्बको र तरल बजार पुँजीकरण ५ खर्बको रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १२ समूहको कारोबार भए पनि १० समूहको कारोबार सूचक घटेको छ। वाणिज्य बैंक र व्यापार समूहको सूचक मात्रै आज हरियो छ।

कारोबारका आधारमा एनएमबी बैंकको ३ करोड ५४ लाखको, नेपाल बैंकको २ करोड ६८ लाखको, नबिल बैंकको २ करोड १८ लाखको र प्राइम कमर्सियल बैंकको १ करोड २२ लाखको सेयर कारोबार भएको छ। यसबाहेक कुनै पनि कम्पनीको कारोबार करोड नाघ्नसकेको छैन।

कमाइमा भने आज पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ता अगाडि छन्। कम्पनीका सेयरधनीले ९.९७ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय २५ रुपैयाँ आम्दानी गरेका छन्। त्यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९२ प्रतिशत अर्थात् ५२ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका सेयरधनीले पनि आज ८.०२ प्रतिशत अर्थात् प्रतिकित्ता ९५ रुपैयाँ आम्दानी गरेका छन्। अन्य कम्पनीको कमाइ यो भन्दा न्यून रहेको छ। गुमाउनेमा भने आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनी परेका छन्। कम्पनीको सेयर मूल्यमा ६.६७ प्रतिशत गिरावट आएपछि सेयरधनीले प्रतिकित्ता ५ रुपैयाँ गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु