रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

चलचित्र चपली हाइट ३’ निर्माण हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ५, बिहीबार ०८:२३

काठमाडौं –सुपरहिट चलचित्र ‘चपली हाइट’को दोस्रो सिक्वेल चपली हाइट ३’ निर्माण हुने भएको छ । मंगलबार काठमाडौंको बुङमतिस्थित कार्य विनायक मन्दिरमा फिल्मको मुर्हूत गरिएको छ । स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर गरिएको मुर्हूतमा अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ, निर्माता अर्जुनकुमार, निर्देशक निकेश खड्का लगायतको उपस्थिति रहेको थियो । फिल्म अर्जुन कुमारले निर्माण गर्न लागेका हुन् । यस अगाडि निर्माण भएका ‘चपली हाइट’ को दुबै सिरिज पनि अर्जुनले नै निर्माण गरेका थिए । अघिल्ला दुई फिल्मभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको निर्माता अर्जुनले बताए । फिल्ममा सस्पेन्स र थ्रिल बिषयवस्तु कथाको रुपमा उठाउन लागेको उनले सुनाए ।
कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको आफ्नो क्यारेक्टरलाई लिएर आफै कन्फ्यूजनमा रहेको बताइन् । उनले सस्पेन्स थ्रिलर फिल्म आफ्ना लागि नौलो जनारा भएकोले एक्साइटेट र डर दुबै भएको बताइन् । ‘चपली हाइट’ मार्फत पर्दामा देखिएका कलाकार आमिर गौतमले आफ्नौ हिट फिल्मको सिरिज खेलन पाउँदा खुसी लागेको बताइन् । यही ५ गतेबाट छायाँकनका लागि फ्लोरमा निस्किने फिल्म आगामी चैत्रमा प्रदर्शनमा ल्याइने कार्यक्रममा निर्माण युनिटले जानकारी दियो । अर्जुनकुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर फिल्म निर्माण गर्न लागेका हुन् । करिब ७ वर्ष अगाडि निर्माण भएको दीपेन्द्र के खनाल निर्देशित ‘चपली हाइट’ मा मुख्य अभिनेत्रीको रुपमा विनिता बराल रहेकी थिइन् । यसमा भने अभिनेत्री स्वस्तिमाको अभिनय रहने भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु