एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रहशनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल हुनेग्लोबल स्टार अवार्डबाट प्रवासी नेपाली सेफहरू सम्मानितमधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदैगोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षाPakistan Embassy in Kathmandu hosts reception to mark Pakistan's 85th National Dayसनवे कलेज र होस्टल व्यवसायी संघ बीच शैक्षिक सहयोग सम्झौतानेपाली नयाँ बर्षको अवसर पारी 2th फुटसाल जो जो युवा क्लब लार्नाका मा सम्पन्नINCS साउदी अरबियाको प्रथम औपचारिक बैठक सम्पन्न, थापाको संयोजकत्वमा २६ सदस्यीय नयाँ कार्यसमिति गठन

पत्रकारिताको भावनामा ठेस पुग्ने र अंकुश लाग्ने कानुन नबनाउन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ५ गते, बिहीबार १५:४५

काठमाडौं, ५ मंसिर । मिडिया काउन्सिल विधयेकबारे सांसदहरुले रिपोर्टर्स क्लब नेपालसँग सुझाव संकलन गरेका छन् । बिहिबार क्लबको भृकुटीमण्डपस्थित कार्यालयमा आएर सांसदहरुले सुझाव संकलन गरेका हुन् ।

नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकमा सुझाव दिदै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले विधयेकले पत्रकारको हक हितलाई अझ बलियो बनाउनुपर्ने बताए । विधयेकका नाममा पत्रकारको कलमलाई कुण्ठित पार्ने र समाचार लेखेको भरमा दुःख दिने परिस्थिति आउने बुँदा अस्वीकार्य हुने बताए । विधयेक संसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । उनले भने, ‘रिपोर्टर्स क्लब नेपालमा पत्रकारको हक हितको सुनिश्चिततासहितको विधयेकको पक्षमा छ ।’

नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले विधयेक ल्याउँदा पत्रकारिताको विकास र पत्रकारको हितलाई केन्द्रमा राखिनुपर्ने बताए । उनले मिडियालाई अंकुश लगाउने प्रकारको गतिविधि कहीं कतैबाट हुन नहुने बताए ।

रिपोर्टर्स क्लब नेपालका वरिष्ठ उपाध्यक्ष डिल्ली बसेलले राज्यले कानुन बनाउन कार्यान्वयन हुनसक्ने गरी बनाउनुपर्नेमा जोड दिए । आमसञ्चार र पत्रकारिता क्षेत्रको व्यवस्थापन र नियमन स्वीकार्य भएपनि अंकुश लगाउने गतिविधि मानय नहुने स्पष्ट पारे ।

कार्यक्रममा क्लबका सदस्य तथा पत्रकारहरुले विधयेकबारे सुझाव दिदै पत्रकार र पत्रकारिताको पुर्नपरिभाषित आवश्यक रहेको बताए । पत्रकारिताका नाममा विकृती र विसंगति बढाउनेहरुले प्रश्रय पाउन नहुने र पत्रकारको हक अधिकार सुरक्षा पनि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विधयेक समितिको तर्फबाट सुझाव उपसमितिका संयोजक सांसद ठगेन्द्र प्रसाद पुरीले विधयेकबारे सुझाव संकलन गरी आमसञ्चार र पत्रकारिताका क्षेत्रको हितलाई दृष्टिगत गरी विधयेक तयार पारिने जानकारी दिए । उनले पत्रकारहरुबाट नै सुझाव लिएर विधयेकलाई अन्तिम रुप दिइने बताए ।

सांसद हरिशरण शिवाकोटीले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गरेकाले पत्रकारहरुको भावना समेटेर विधयेकले अन्तिम रुप पाउने बताए । पत्रकारहरुलाई पत्रकारिता क्षेत्रको नियमन आफै गर्ने गरी विधयेक बन्न लागेको जानकारी दिए ।

सांसद वृशेषचन्द्रलालले विधयेक परिष्कृत र प्रभावकारी बन्ने बताए । देशमा निष्पक्ष र निर्भिक पत्रकारिताको सुनिश्चिततालाई ध्यानमा राखेर विधयेक तयार हुने जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु