तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

नेप्से परिसूचक आज ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ५, बिहीबार १६:४१

काठमाडौं । आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७.७४ विन्दुले घटेर एक हजार १२०.६० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.७८ विन्दुले घटेर २४६.८९ विन्दुमा पुगेको छ । नेप्से ओरोलो लागे पनि कारोवार रकम भने औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको १० लाख ५० हजार ४१२ कित्ता शेयर रु २९ करोड ७७ लाख ९७ हजार ७१ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३६.१६, अन्य ०.६१ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४२, होटल १२.५३, विकास बैंक ७.३४, जलविद्युत् २.४४, वित्त १.०३, निर्जीवन बीमा २५.१६, उत्पादन ३२.४७, लघुवित्त ११.५३ र जीवन बीमा २०.५९ विन्दुले घटेको छ ।

कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ३० लाख ६७ हजार ६५४ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै नेपाल बैंक लिमिटेड रु दुई करोड पाँच लाख ५८ हजार १२७, एनआइसी एशिया बैंक रु एक करोड २८ लाख ४१ हजार ४८७, साल्ट टे«डिङ कर्पोरेशन रु एक करोड २० लाख ४२ हजार ९६७ र लुम्बिनी जनरल इन्स्योरेन्स रु ८६ लाख ९३ हजार ९२५ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ९.९०, घोडाघोडी लघुवित्त ९.९०, आँखु खोला लघुवित्त ५.४५, कालिका पावर ५.०६, रिडी हाइड्रोपावर २.८६ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले कमाए ।

त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त ८.२०, लक्ष्मी लघुवित्त ५.५०, मिथला लघुवित्त वित्तीय संस्था ५.२५, माउण्टेन हाइड्रोका लगानीकर्ताले ३.६५ प्रतिशतले गुमाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु