केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

पदबहालीलगत्तै महिलामन्त्री पार्वत गुरुङको पहिलो कामः सुत्केरी हुन नसकी अचेत दुई महिलाको उद्दार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार ०९:१४

काठमाडौं, मंसिर ५
महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदबहालीकै दिन सुत्केरी हुन नसकी ज्यान जोखिममा परेका दुई गर्भवती महिलाको उद्दार गराउनु भएको छ ।

राष्ट्रपति बिद्यादेवी भण्डारीबाट शीतलनिवाशमा पद तथा गोपनीयताको शपथपछि सिंहदरवारस्थित मन्त्रालयमा पुगेर पदबहाली गरेलगत्तै डोल्पा र सल्यानमा दुई महिलाको ज्यान जोखिममा परेको सूचना आएपछि मन्त्री गुरुङको निर्देशनमा तत्कालै हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । मन्त्री गुरुङको क्वीक एक्शनपछि डोल्पाको से फोक्सुन्डोकी ३० बर्षीया गर्भवती ठिमी रोका र सल्यानको शारदा नगरपालिका निवासी २८ बर्षीया सुगन्धा पुनको उद्दार गरिएको हो ।

दुवै गर्भवती महिला सुत्केरी हुन नसकी अचेत बन्नुभएको थियो । सुत्केरी हुन नसकी गर्भवती महिला अचेत बनेको सूचना मन्त्रालयमा आएलगत्तै क्वीक एक्शन गरी हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्गम भेगमा रहेका गर्भवती महिलाहरु उपचारको अभावमा ज्यान जाने घटना रोक्न राष्ट्रपति महिला उद्दार कार्यक्रम लागू गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यो कामको नेतृत्व गर्दै आएको छ ।

मन्त्री गुरुङले मन्त्रालयको कार्यभार सम्हालेपछि आज दुई महिलाको उद्दार गरेसँगै अहिलेसम्म ६२ जनाको ज्या नबचेको छ । पदबहालीकै क्रममा मन्त्री गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिक जस्तो अति संवेदनशील मानिएको क्षेत्र भएकोले अन्य मन्त्रालयमा जस्तो ढिलासुस्ती र काममा उत्तरुदायीबिहीनता हुनै नहुने आफ्नो बटमलाइन सुनाउनु भएको थियो ।

उहाँले सवै कर्मचारीले तोकिएको जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्दै कसैको मुख नताकी ज्यान जोखिममा परेका महिलाको उद्दार कार्यमा एक सेकन्ड पनि समय नलिन कर्मचारीलाई निर्देशन पनि दिनुभएको थियो । ज्यान जोखिममा परेका घाइते वा सुत्केरी महिलाको उद्दारको बिषयमा कुनै कन्जुस्र्याई नगर्ने घोषणा पनि मन्त्री गुरुङले गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु