दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

अन्तराष्ट्रिय कलाकार मंच जर्मनीको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा चुडाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ६, शुक्रबार ०९:२०

२१ नोभेम्बर / ब्रेमेन, जर्मनी

अन्तराष्ट्रिय कलाकार मंच जर्मनीले डा सरोज चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै पाँचौ अधिबेशन सम्पन्न गरेको छ ।

गत १७ नोभेम्बरमा सास्कृतिक शहर ब्रेमेनमा भएको अधिबेशनले आगामि २ बर्षको लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । मंचका निवर्तमान अध्यक्ष बेल गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । कालकारहरु पार्वती गुरुङ्ग मलिसा गुरुङ्ग, डा प्रबिन प्रसाइ, बिकु अधिकारी, सरोज पन्त, छिरिगं शेर्पा लगायतको प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो ।

विदेशी भुमिमा रहेका नेपाली र नेपालीका सन्तानलाई आफ्नो देशको कला सस्कृतिप्रति आस्था जगाइराख्न र नेपाली सस्कृति भुल्न नदिन अन्तराष्ट्रिय कलाकार मंचले विविध प्रकारमा कार्यक्रम अघि सार्ने अध्यक्ष डा चुडालले बताउनुभयो । गठित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमामा रविन काजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिगं शेर्पा चयन भएका छन् । नेपाल सहित विश्वका २९ देशमा विस्तार भएको अन्तराष्ट्रिय कलाकार मंचले आगामी बर्ष भित्र ४० देशमा शाखा विस्तार गर्ने लक्ष्य लिएको केन्द्रिय अध्यक्ष राम प्रसाद खनालले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु