प्रदेश नं. ३ नेपाल डेरी एसोसिएसनको साधारण सभा मंसिर १५ मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ६ गते, शुक्रबार १४:१९

काठमाण्डौ, ०६ मङ्सिर – प्रदेश नं. ३ नेपाल डेरी एसोसिएसनको संचालक समितिको मङ्सिर ५ मा बसेको बैठकले मिति २०७६ मंसिर १५ गते साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको छ । सो साधारण सभामा प्रदेश नं. ३ अन्तर्गत रहेका एसोसिएसनका डेरी सदस्यहरु मध्येबाट उत्कृष्ट २ वटा डेरी उद्योगीलाई सम्मान गर्ने साथै १ जना उद्योगीलाई दीर्घ सेवा पदकबाट विभुसित गर्ने, एसोसिएसनका केन्द्रिय सल्लाहकार स्व हरि प्रसाद सापकोटालाई मरणोपरान्त सम्मान गर्ने प्रस्तावलाई सर्वसम्मतले पास गरेको प्रदेश नं. ३ का अध्यक्ष श्राजन प्रसाद दाहालले बताए । काठमाडौंको धुम्बाराहीमा रहेको ग्लोबल होटलमा सम्पन्न हुने सो साधारण सभामा प्रदेश नं. ३ अन्तर्गत रहेका सम्पुर्ण डेरी उद्योगीहरुलाई सहभागीता जनाउन समेत संचालक समितिले निर्णय लिएको दाहालले जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु