स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

साईवर सुरक्षा बिषयक अन्तर्क्रिया कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ६, शुक्रबार १९:०१

काठमाण्डौ, ०६ मंसिर समुदाय प्रहरी साझेदारी अन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं ३०, महानगरीय प्रहरी वृत्त कमलपोखरी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सयुक्त आयोजना र सफ्टवारीका कलेजको सहकार्यमा साईवर सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम श्क्रवार बिहान ज्ञानेश्वर स्थित सफ्टवारीका कलेजमा सम्पन्न भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी नायव महा निरिक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आथित्यतामा आयोजित उक्त कार्यक्रमा महानगरीय प्रहरी वृत्त कमलपोखरीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भरत बहादुर बि।क।, कामपा वडा नं ३० का अध्यक्ष दल बहादुर कार्की सहितको प्रतिनिधीहरु, स्थानिय सामाजिक संघ सस्थाका प्रतिनिधी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधीहरु, सफ्टवारीका कलेजका शिक्षक तथा बिद्यार्थीहरु समेत गरी १८५ जनाको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यक्रमलाई सम्वोधन गर्दै साईवर अपराध हुनबाट बच्नबाट स्वयम आफै सतर्कता रहनका लागि उपस्थित सबैलाई अनुरोध गरे । साथै उनले गत बर्षमा १३३ वटा साईवर अपराध घटना भएको र यसमा प्रहरीले सफल अनुसन्धान गरेको र अपराधीलाई कारवाहीको दायरामा ल्याएको बताए। उनले बिद्यार्थीहरुलाई समेत यस्ता अपराधबाट बन्चित रहन आग्रह गरे ।फेसबुकको पासवर्ड एक अर्कामा नसाट्न आग्रह गर्दै यदी पासवर्ड दिनु परे आफ्नो अभिभावकलाई मात्र दिन सुझाव दिए । साथै साईवर अपराध सम्बन्धी न्युनिकरण गर्नका लागि नेपाल प्रहरीले बिभिन्न प्रकारका जनचेतना मुलक गर्दै आएको र यस्ता कार्यक्रमले सम्पुर्ण क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको बिश्वास दिलाए ।उनले अझै नया प्रविधीबाट उक्त समस्या समाधान गर्नका लागि नेपाल प्रहरीको भावि योजना बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सहभागीबाट उठेका प्रश्नहरुको समेत उनले सम्वोधन गरेका थिए ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रनाउ भरत बहादुर बिकले कार्यक्रममा स्वागत मन्तब्यको क्रममा साईवर अपराध रोकथामका लागि आफनो वडा एरिया पर्ने सम्पुर्ण बिद्यालय तथा समुदायमा प्रशिक्षण तथा जनचेतना मुलक कार्यक्रम गर्दै सचेतना अझ बिस्तृत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सफ्टवारीका कलेजका प्रिन्सिपल प्रमोद पौडेलले कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ट अतिथी, अन्य अतिथीहरुलाई स्वागत गर्दै नेपाल प्रहरीले गरेका जनचेतना मुलक कार्यक्रमको प्रशंसा गर्दै आफू अत्यन्तै खुसी र उत्साहित भएको बताए ।साथै, उनले यस्ता कार्यक्रममा सहकार्य सहकार्य गर्ने समेत बताए ।
कामपा ३० का वडा अध्यक्ष दल बहादुर कार्कीले प्रमुख अतिथीलाई धन्यवाद दिदै नेपाल प्रहरी समुदाय प्रहरी साझेदारी अन्तर्गत समाजमा जनचेतना मुलक सन्देश दिएकोमा आफु खुसी रहेको र यस्ता कार्यक्रमलाई सधै सहयो गर्ने प्रतिवद्धता समेत गरे । साथै उनले बिद्यार्थीहरुलाई यस्ता अपराधिक गतिविधीमा संलग्न नहुन र यदी कतै देखेमा सम्बन्धित निकायमा खवर गर्न समेत सुझाव दिए ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रम अति नै महत्वपुर्ण र सान्दर्भिक रहेको र अन्य यस्ता कार्यक्रम आयोजना गरी नेपाल प्रहरीलाई अपराधिक घटनामा अनुसन्धान गर्नको लागि सहयोग गर्ने प्रतिवद्धताका साथ कार्यक्रम समापन गरे

उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख प्रनानि बसन्त कुमार थापाले समन्वय अधिकृत रुपमा उल्लेखनिय भुमिका निर्वाह गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु