ललितपुर, ०७ मङ्सिर -कुमारीपाटी फस्टलेन टोल विकास संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईन्द्र कुवँरको अध्यक्षतामा शनिवार आयोजित साधारण सभाको उद्घाटन ललितपुर नेकपा कार्य समिति अध्यक्ष हरिकृष्ण ब्यन्जन्कारले गरे । यसै माझ, संस्थाको दोस्रो साधारणसभाले संस्थाको अध्यक्षमा ईन्द्र कुवर र निवर्तमान कार्य समितिका पदाधिकारी एबम सदस्यहरुलाई सर्वसम्मतका साथ नयाँ समितिमा चयन गरेको छ । नयाँ कार्य समिति चयन पस्चात् संस्थाका अध्यक्ष ईन्द्र कुवँरले संस्थाले आगामी दिनमा विकासमुलक, सुरक्षा र सरसफाईका कार्यलाई प्राथमिकताका साथ अघि बढने बताउँदै विगतका बर्षमा साथ सहयोग अतुलनिय रहेको भन्दै वडा नेतृत्वको प्रशंसा समेत गरे ।
कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपा ललितपुर कार्य समिति अध्यक्ष हरिकृष्ण ब्यन्जन्कारले सरसफार्इ, विकास निर्माण लगायतका बिषयमा मापदण्ड बनाएर टोल बिकास संस्था बिच प्रतिस्पर्धा गराई राम्रो र उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटी बसाउन सके त्यसबाट टोल विकास संस्थाको कार्य क्षमतामा अभिवृद्धी हुने धारणा राखे ।
यसैगरि, नेकपा ०३ नम्बर प्रदेश सदस्य बावु काजी प्रधानले बिशेष अतिथीको आसनबाट बोल्दै ०५ न वडा कार्यालय ललितपुर महानगरपालिकाका अन्य वडाका तुलनामा निकै सकृय रहेको जनाउदै टोल किास संस्थाले पनि सोही स्प्रिटमा काम गर्न सक्नु पर्ने बताए ।
कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै ललितपुर ०५ नंबर वडाका अध्यक्ष विकासमान श्रेष्ठले वडा कार्यालयको अगुवाईमा सडक र ढल निर्माण तथा बत्ति एवम् सिसिटीभी जडानको कार्यहरु हुँदै आएको स्मरण गर्दै यस्ता विकासमुलक काममा टोल विकास संस्थाको भूमिकाका साथसाथै, जनस्तरबाट हुने साथ सहयोगले वडाको विकासले गति लिने धारणा ब्यक्त गरे ।
कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष तथा ललितपुर चेम्बरका अध्यक्ष पुष्परत्न शाक्यले कुमारीपाटी ब्यापारिक केन्द्र भएकोले सरसफाइ र समग्र व्यवस्थापनका लागि कुमारीपाटी फस्टलेन संस्थाले पहल लिनुपर्ने बताए ।
यसैगरि, मानभवन टोल विकास संस्थाका अध्यक्ष डि बि लिम्बुले टोल विकास संस्थाहरु स्थापना कालमा जुर्मुराउने तर क्रमिक रुपमा सुस्ताउने गरेको पाईएको संकेत गर्दै टोल विकास संस्थाको भूमिकालाई प्रभावकारी बनाउन टोलवासी, वडा कार्यालय सवै जागरुक हुनु पर्ने बताए ।
कार्यक्रममा वडा सदस्यद्धय शोभा देवी प्रधान श्रेष्ठ र अशोक श्रेष्ठले वडाको विकासका लागि टोल विकास संस्थाको
ठुलो हात रहने हुँदा रचनात्मक भूमिका निर्वाह गर्न सम्बन्धित सवैलाई आग्रह गरे ।
यसैगरि, कुमारीपाटी क्लबका अध्यक्ष केशव खडकाले सबै जना एकजुट हुन सके मात्र टोलको विकासले गति हासिल गर्न सक्ने बताए ।
टोल विकास संस्थाका उपाध्यक्ष लक्ष्मी दिक्षितले उपस्थित सबैमा स्वागत गर्दै टोलवासीको हितमा संस्थाले काम गर्दै आएको वताईन भने सचिव दीपेन्द्र राजभण्डारीले धन्यवाद मन्तब्य ब्यक्त गर्दै संस्थाले सबैलाई साथमा लिएर अगाडि बढने वचनबद्धता ब्यक्त गरे ।
साधारणसभा माझ संस्थाका सह कोसाध्यक्ष पूर्ण महर्जनले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक पारदर्शिता माथि जोड दिदै आएको बताए ।
कार्यक्रम संचालकको भूमिका निर्वाह गरेका सुब्रत दिक्षितले सवगल एवम् सक्षम नेतृत्वबाट मात्रै संस्थाको उदेश्य पुर्ती हुने आसय ब्यक्त गर्दै टोल विकास संस्थाको भूमिकालाई अझ फराकिलो बनाउनु पर्ने राय पेश गरे ।
कार्यक्रममा वडा सदस्यहरु मैया रिजाल, पुनम निरौला, वडा सचिव मुकुन्द रंजित लगायत टोलवासीको उल्लेख्य सहभागिता रहेको थियो ।