
काठमाडौ । चलचित्र माया पिरिमको ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको उक्त ट्रेलर सार्वजनिक गरेका हुन् । सार्वजनिक ट्रेलरमा प्रेम, कमेडी र एक्सनलाई समेटिएको छ । मंसिर २० गते देखि प्रर्दशनका आउने यस फिल्मलाई प्रविन थापा र सविन अधिकारीले निर्माण गरेका हुन् ।

फिल्ममा कोशिश क्षेत्री, किरन चन्द, अरुणा कार्की, सलोन बस्नेत, अन्जली अधिकारी, जयनन्द लामा, अर्जुन गुरुङ, कालु राना, विशाल पहडी, रमन राई, अनुपम भन्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । टेक पौरखी राईद्वारा निर्देशन फिल्ममा निरज कँडेलको छायांकन र कृष्ण भन्डारीको सम्पादन रहेको छ ।


