दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि प्राविधिक समितिले तयारी अन्तिम चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ८ गते, आईतवार ७:१७

काठमाडौं, मंसिर ६ गते ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि प्राविधिक समितिले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्राविधिक समितिले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक गंगाबहादुर थापाले सागमा समावेश खेलका प्रतियोगिता स्थल तोक्नेदेखि प्राविधिकहरुको संख्यासम्म निर्धारण गर्ने काम सम्पन्न भएको जानकारी दिए । यसैगरी महिला फुटबल पोखरा रंगशालामा नै आयोजना गर्ने गरि तयारी भइरहेको पनि बताए । साग आयोजनाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय गरि २ हजार ३५ जना अफिसिलको आवश्यकता पर्ने पनि पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएको छ । जसमा अन्तर्राष्ट्रिय रेफ्री तथा जज र जुरी गरि ६ सय १३ जना नेपाल आउने छन् भने राष्ट्रियस्तरका रेफ्री तथा जज र जुरीको संख्या ७ सय ३२ जना रहेको छ । यस्तै प्रावधिक सहायकको रुपमा ६ सय ९० जनशक्ति परिचालन हुने छन् ।
सागमा ३१७ स्वर्ण र त्यतिकै संख्यामा रजत पदकका लागि प्रतिस्पर्धा हुने छ । यसैगरी कास्य पदकको संख्या भने ४८१ रहेको छ ।
सागमा स्विमिङमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ । तेक्वान्दोमा २९ भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुने छ । यसैगरी जुडोमा १५ ,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । साईक्लिङमा ८ तथा ब्याडमिन्टन, टेवल टेनिस र टेनिसमा ७–७ स्वर्ण पदकका लागि भिडन्त हुने छ । ट्रायथलनमा ५ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा स्क्वास र गल्फमा ४ वटाका लागि भिडन्त हुने छ । यस्तै बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, कवड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु