चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

पोखरा रंगशाला फुटबल मैदानमा ग्यालरी ‘सि’ तर्फको सिट जडान सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ८, आईतवार ०७:२१

पोखरा ७ मंसीर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको पोखरा फुटबल मैदानको ग्यालरी ‘सी’ अन्तर्गतको विशिष्ट श्रेणी सहितको प्यारापिटमा सिट जडान गरिएको छ ।
पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि यति बेला फुटबल मैदानको काम समेत धमाधम भइरहेको छ । पोखरामा मुख्य खेलको रुपमा समेत हेरिएको महिला फुटबलको लागि निमार्णाधिन फुटबल मैदानमा प्रतियोगिताको लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिने छ ।
मैदानको लागि दुवो भारतको कोलकत्ताबाट ल्याइएको हो भने प्यारापिटका लागि स्टिल मोडुलर ग्राण्ड स्ट्यान्डका सामान भने फ्रान्सबाट ल्याइएको हो । उक्त प्यारापिट जडानको लागि फ्रान्सबाट दुई जना प्राविधिक समेत पोखरा आएका छन् । आजमात्रै ९ वटा माल बाहक ट्रकहरु भारतको बन्दरगाहबाट सामान लिएर पोखरा आइपुगेका छन् । ति सामानले पूर्व तर्फको प्यारापिट जडानको काम हुने छ ।
पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिटहरु रातो र निलो रंगको रहेको छ । ति सिटहरु नेपालको झण्डा संग मिल्ने गरी राखिएको हो । मैदानको काम लगभग अन्तिम अवस्थामा रहेको र करिब १० हजार दर्शक क्षमताको सिट जडान गरिने प्रोजेक्ट म्यानेजर बरालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु