• माइती ईन्डियाको प्रयासमा दुई चेलीको उद्धार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार १४:३९

    काठमाडौं,०९ मंसिर -माइती ईन्डियाको प्रयासमा आज दुई चेलीको उद्धार भएको छ । काठमाडौंबाट दिल्ली पुर्याइएका अवस्थामा ती चेलीहरूको उद्धार भएको हो ।

    काभ्रे जिल्ला घर भएकी वर्ष २५ कि गिता ९नाम परिवर्तन० लाई दिल्लीमा राम्रो काम लगाइदिने प्रलोभनमा ललाईर्फकाई काठमाण्डौँको बाटो हुँदै दिल्लीको कोठीमा बेच्दै गर्दाको अवस्थामा उद्धार गरिएको हो ।

    त्यसैगरि, झापाकी एक चेलीलाई मितेनी साइनो लगाई वरी राम्रो तलबमानमा काममा लगाइदिने प्रलोभन देखाई विरगंजको बाटो हुँदै दिल्ली पुर्याइएका दूवै जनालाई माइती ईण्डियाको प्रयासमा र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा आज उद्धार गर्न सफल भएको हो ।

    नेपाल दूतावास नयाँ दिल्ली, दिल्ली पुलिस सबैसँग समन्वय गरी ती दुई चेलीहरुलाई नेपाल फर्काइँदै गरेको माईर्ती इन्डियाको ट्रष्टी सीता अधिकारीले बताएकी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु