दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

२०७६ मंसिर १० मंगलबार हेर्नुस् आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १०, मंगलवार ०६:२७

वि.सं. २०७६ मंसिर १०। मंगलबार। इ.स. २०१९ नोभेम्बर २६। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। औंसी, २१:०० उप्रान्त प्रतिपदा।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। नयाँ काममा हतार नगर्नुहोला। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पर्न सक्छ। महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा समय दिन नसकिएला। मान–सम्मानमा आघात पुग्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। अवसरका लागि दौडधुप गर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा जुट्न नसकिएला। सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मेहनतअनुसार कम मात्र फल प्राप्त हुनेछ। फाइदा नहुने काममा लामो समयसम्म अलमलिनुपर्ने देखिन्छ।

(नेपाली पात्रोबाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु