प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

ब्याडमिन्टन हलको काम अन्तिम चरणमा , सागमा ७ राष्ट्रको सहभागीता हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १०, मंगलवार ०६:५४

पोखरा, १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लक्षित निमार्ण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने व्याडमिन्टन खेलको लागि निमार्ण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो ।
“ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ” कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वर सिहं गुरुङले बताए । खेलाडिको लागि चाहिने पूर्वाधार समेत सबै निमार्ण भएको उनले जानकरी दिए ।
ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ ओटा कोर्ट रहेको छ । तर प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ । ब्याडमिन्टनको लागि म्याट भन्सार बाट हिडिसकेको गुरुङले बताए । व्याडमिन्टन हल निमार्णको लागि करिब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए ।
ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने छन् । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन भने विदेशी सहित ५ जना प्रशिक्षक रहेका छन । भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागीता रहेको छ । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागीता जनाएका छन ।
त्यस्तै पाकिस्तानबाट भने खेलाडी तथा प्रशिक्षक गरि १३ जनाको सहभागीता रहेको छ । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहेका छन ।
बंगलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउने छन । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकले सहभागीता जनाउने छन ।
श्रीलंकाबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन । जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहेका छन ।
भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितमा सहभागी हुदैँ छन । जसमा ४ पुरुष, २ महिला खेलडी तथा एक प्रशिक्षकले सहभागीता जनाउने भएका छन ।
माल्दिभस्बाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागीता जनाउने छन । जसमा ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुने छन ।
पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गते देखि २० गते सम्म सञ्चालन हुने छ । टिम इभेन्ट तर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुनेछन ।
त्यस्तै व्यक्तिगत इभेन्ट तर्फ मंसीर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल डवल र मिक्स डवल तर्फको प्रारम्भिक खेल हुने छन भने । १८ गते महिला तथा पुरुष सिङ्गल र डवल्सको क्वाटरफाईनल खेल हुने छ भने १९ गते सबै इभेन्टकाा सेमिफाइनल खेल हुने छन भने २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानिले जानकारी दिए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु