बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

भ्रमण वर्ष–२०२० सफल बनाउन दीपेन्द्र कँडेलको पहल, तीन देशका पूर्व राष्ट्रप्रमुखलाई नेपाल भ्रमणको निम्तो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १० गते, मंगलवार १०:०४

काठमाडौं, १० मङ्सिर २०७६ ।

पब्लिक ईनोभेटर तथा नागरिक उड्ययन क्षेत्रमा कार्यरत ईन्जिनियर दीपेन्द्र कँडेलले एकैपटक तीन देशका पूर्व राष्ट्रप्रमुखहरुलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुनको लागि निम्तो दिएका छन् । दुवईमा हालै आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा कँडेलले आईसल्याण्डका पूर्वराष्ट्रपति ओलाफर राग्नर ग्रिम्सन, न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्क र पानामाका पूर्वराष्ट्रपति जुवान कार्लोस भरेला रोड्रिग्युजलाई नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्धघाटन समारोहमा सहभागी हुनको लागि निमन्त्रणा दिएका हुन् ।

कँडेल नेपाल भ्रमण वर्षलाई सफल तुल्याउनको लागि प्रचारप्रसारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफूलाई केन्द्रीकृत गर्दै अघि बढिरहेका छन् । यही क्रममा उनले दुवईमा आयोजित नलेज समिटमा उनीहरुलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

कँडेलद्धारा जारी विज्ञप्तीमा तीनैजना नेताहरुसँग आफ्नो फलदायी र सकारात्मक छलफल भएको जनाईएको छ । भेटवार्ताको क्रममा कँडेलले आफ्नो कँडेल फाउण्डेशन नामक गैरसरकारी संस्थाको बारेमा पनि उनीहरुसँग छलफल गरेका थिए ।

नेपाल भ्रमण वर्षमा सहभागी हुनको लागि कँडेलले दिएको निम्तोप्रति पानामाका पूर्वराष्ट्रपति जुवान कार्लोस भरेला रोड्रिग्युज पनि सकारात्मक देखिएका छन् । नेपाल भ्रमण वर्षमा नेपालले कम्तिमा पनि २० लाख पर्यटक नेपाल ल्याउने तयारी गरेको छ । सरकारको भ्रमण वर्ष सफल बनाउने उद्देश्य र तयारीमा कँडेलको पूर्ण साथ र सहयोग रहँदै आएको छ । रोड्रिग्युजको नेपाल भ्रमणले नेपाल र पानामाबीचको द्धिपक्षीय कुटनीतिक सम्बन्ध पनि नयाँ उचाईमा पुग्ने कँडेलको विश्वास छ । उनको नेपाल भ्रमणले नेपालमा पर्यटकहरुको संख्या बढाउनेपनि विश्वास दिलाए ।

त्यस्तै, न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री क्लार्कपनि नेपाल भ्रमणमा आउन ईच्छुक रहेको कँडेलले जनाएका छन् । दुवईमा आयोजित उक्त नलेज समिट २०१९ को दौरान कँडेलले क्लार्कसँग भेटवार्ता गरेका थिए । क्लार्क न्यूजिल्याण्डमा सन् १९९९ देखि सन् २००८ सम्म प्रधानमन्त्री थिईन् । सबैभन्दा बढि समय देशको नेतृत्व गर्ने प्रधानमन्त्रीको रुपमा उनलाई पाँचौ नम्बरमा राखिएको छ । उनले आफ्नो नाममा हेलेन क्लार्क फाउण्डेशन खोलेर दिगो र शान्त समाज निर्माणको लागि काम गर्दै आएकी छिन् ।

भेटवार्तामा कँडेलले नेपाल र न्यूजिल्याण्डबीचको सम्बन्धबारे कुराकानी गरेका थिए । कँडेलले क्लार्कलाई पनि नेपाल भ्रमणको विशेष निम्तो दिएका थिए । उनले पनि नेपाल भ्रमणमा आउनको लागि आफू ईच्छुक रहेको प्रतिक्रिया दिएकी थिईन् । कँडेलका अनुसार क्लार्क सम्भवतः यही महिनाभित्रै नेपाल आईपुग्नेछिन् । क्लार्कको नेपाल भ्रमणले नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्ने कँडेलको विश्वास छ ।

त्यस्तै, कँडेलले आईसल्याण्डका पूर्वराष्ट्रपति ओलाफर राग्नर ग्रिम्सनसँगपनि विशेष भेटवार्ता गरेका छन् । आईसल्याण्डमा सबैभन्दा लामो समयसम्म (सन् १९९६ देखि २०१६) राष्ट्रपतिको रुपमा काम गरेका ग्रिम्सनपनि नेपाल भ्रमणमा आउन ईच्छुक छन् । ग्रिम्सन आर्कटिक सर्कलका अध्यक्षसमेत हुन् ।

भेटवार्तामा कँडेलले नेपाल र आईसल्याण्डबीचको सम्बन्धको बारेमा कुराकानी गरेका थिए । ग्रिम्सनले कँडेलको नेपाल भ्रमणको निम्तो स्विकार गरेका छन् । उनको नेपाल भ्रमणले नेपालको भ्रमण वर्षलाई सफल पार्नको लागि ठूलो मद्दत पुग्ने कँडेलको विश्वास छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु