प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

साग मा पदक जित्ने खेलाडीलाई विगतको भन्दा उचित सम्मान गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर १०, मंगलवार १८:२०

काठमाडौं । नेपाल सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्ने खेलाडीलाई विगतको भन्दा उचित सम्मान गर्ने घोषणा गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको सागमा सहभागी खेलाडीको विशेष पुरस्कार घोषणा कार्यक्रममा बोल्दै नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले खेलाडीलाई विगतको भन्दा उचित पुरस्कारबाट सम्मान गरिने बताए । ‘नियममा व्यवस्था भएभन्दा पनि बढी पुरस्कारबाट खेलाडीलाई उचित सम्मान गरिनेछ । युवा तथा खेलकुद मन्त्रालयले ल्याएको प्रस्तावलाई मन्त्री परिषद्मार्फत कार्यन्वयन गर्न हामी तयार छौं,’ अर्थमन्त्री खतिवडा..

यसअघि सागमा सहभागी खेलाडी, प्रशिक्षक, पदाधिकारी र अफिसियललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनसहित हौसला दिने कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्रीको स्वास्थ्यमा एक्कासी समस्या आएका कारण अर्थमन्त्रीले खेलाडीको सम्बोधन गरेका थिए । नेपाल सरकारले यसअघि १२ औं सागमा स्वर्ण जित्नेलाई जनही तीन लाख, रजत जित्नेलाई दुई लाख र कांस्य जित्नेलाई एकलाख रुपैयाँ पुरस्कार प्रदान गरेको थियो ।

अर्थमन्त्री खतिवडाले साग खेलकुद देशको भाइचारा र सम्मृद्धिसँग जोडिएको बताए । ‘सार्क सम्मेलन हुन नसकेको अवस्थामा साग खेलकुदमा सबै देशको सहभागिता रहनु मुख्य कुरा हो । सन्सारमा खेलकुद मार्फत ठूलाठूला राजनितिक र कुटनिति विषयले सफलता पाएको उदाहरण छ । सरकारले साग खेलकुदलाई पनि त्यसैको रुपमा लिएको छ ।

नेपाल भ्रमण बर्ष सन् २०२० अघि आयोजित सागलाई भ्रमण बर्षको पूर्व अभ्यासका रुपमा लिनुपर्छ । खेलकुद मार्फत पर्यटनको विमासमा पनि ठूलो सहयोग पुग्नेछ,’ खतिवडाले भने । उनले नेपालको भौगोलिक अवस्था अनुसार साहसिक खेललाई अर्थोपार्जन र ब्यवसायको रुपमा पनि अगाडी बढाउनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु