हिमालयलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ मंसिर ११, बुधबार ०८:०१

काठमाडौं ।हिमालयलाई उपाधि आयोजक हिमालय दोश्रो हिमालय कप बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार च्याम्पियन बनेको छ । हिमालयले ज्ञान निकेतनलाई ३९–३५ ले पराजित ग¥यो । हिमालयका रुबन कार्कीले २२ अंक जोडे ।
प्लस टु ब्वाइज फाइनलमा ट्रिनिटीले ज्ञान निकेतनलाई ६१–४७ ले हराउदै उपाधि जित्यो । विजेताका किरण कँडेलले २३ स्कोर गरे । जुनियर गल्र्समा रातो बंगलाले त्रिज्योतिलाई २९–२८ ले पाखा लगाउदै पहिलो भयो । त्रिज्योतिकी नुर प्रधानले १२ अंक जोडिन् ।
सिनियर ब्वाइजमा ग्रामर पहिलो भयो । फाइनलमा ग्रामरले त्रिज्योतिलाई ६५–४५ ले पन्छायो । ग्रामरका आर्यन मल्लले २८ अंक बटुले । प्लस टु गल्र्सको उपाधि न्यु भिजनले जित्यो । उपाधि भिडन्तमा न्यु भिजनले आयोजक हिमालयमाथि ३०–२८ को कठिन जित दर्ता ग¥यो । न्यु भिजनकी सन्जु हायुले १० स्कोर गरिन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु