मंसिर ११, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ ढाँडाखर्कमा खानेपानी आयोजनाको काम अन्तीम चरणमा पुगेसँगै निर्माणको नेतृत्व गरेका स्वीस नागरिक बर्नहाट बुलर सहितको १० जनाको टीमलाई स्थानियले भव्य बिदाई गरेका छन ।
हिजो बरिष्ठ पर्यटन व्यावसायी तथा समाजसेवी मोहन लम्साल र संयोजनकारी भुमिका निर्वाह गरेका गन्तव्य नेपाल गु्रपका अध्यक्ष तथा स्थानिय समाजसेवी शिव अधिकारी अबिरलले खानेपानी निर्माणमा स्वीस नागरिक बुलर र उनको टिमको भुमिका अतुलनीय रहेको भन्दै एक कार्यक्रमका बिच बिशाल जनसमुदायको उपस्थीतिमा बिदाई गरिएको हो ।
अधिकारीले खानेपानी बितरणको बाँकी काम ३ साताभित्रै सम्पन्न गर्ने र ढाँडाखर्कको उपल्लो क्षेत्रमा रहेका ७ वटा घरबस्ती समेतमा खानेपानी वितरण गर्ने गरी काम पनि छिट्टै गर्ने बताए ।
खानेपानी निर्माणपछि बितरणका लागि ट्यांकी निर्माण, पाईप बिछ्याउने, ह्वेल पाईप जडान, ईनट्ंयाकको काम सकिसकेको र यथासक्य चाँडो सबै ढाँडाखर्क बासीका घरघरमा पानी पुर्याउने गरी काम भैरहेको बताए ।
बिदाई कार्यक्रममा बोल्दै स्वीस नागरिक बुलरले ढाँडाखर्कको भौगोलिक अवस्थीति र स्थानियसँग आफ्नो आत्मीय सम्बन्ध रहेको भन्दै जिबन पर्यन्त आफ्नो छोराले समेत ढाँडाखर्कबासीको जिबन उकास्न लागिपर्ने बताए । बुलर र उनको टिम तथा बरिष्ठ पर्यटन व्यासायी तथा समाजसेवी लम्सालको नेतृत्व र स्थानीय समाजसेवी अधिकारीको संयोजनमा तारकेश्वरमा शिक्षा, स्वास्थ, बिद्यालय भवन निर्माण, खानेपानी, सडक लगायतका क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएका छन । खानेपानी घरघरमा जोडिने भएपछि ढाँडाखर्कबासी हर्सित देखिएका छन