• सेन्ट जर्जमा पूर्व कृकेटर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार १८:०१

    काठमाण्डौं, ११ मंसिर -हाँडिगाउ स्थित सेन्ट जर्ज स्कुलमा विद्यार्थीमा प्रेरणा जगाउन, सामाजिक मूल्य र मान्यता प्रति जागरुक गराउँदै आफूलाई भविष्यमा जिम्मेवार नागरिक बनाउने उदेश्यका साथ प्रत्येक महिना विशिष्ठ ब्यक्ति मार्फत एसेम्ली इनटरएक्सन कार्यक्रम गर्ने तालिका अनुसार यस महिना पूर्व नेशनल कृकेट खेलाडी, ग्रेट हिमालय कृकेट एकाडेमीका अध्यक्ष सुदिप शर्मालाई आमन्त्रण गरि विद्यार्थीहरु माँझ अन्तरकृया कार्यक्रम गरियो । सो कार्यक्रममा उनले आफ्नो बाल्यकाल, शैक्षिक तथा खेलकुद क्षेत्रमा पाएको सफलता तथा संघर्षका दिनहरुको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउँदै विद्यार्थीका जिज्ञासाहरुलाई संबोधन गरे। विद्यार्थीहरुलाई खेलप्रति जागरुक गराउँदै आफ्नोतर्फबाट गर्न सक्ने सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले विद्यार्थीहरुलाई खेलकुद सँगै पढाईलाई पनि उत्तिकै महत्व दिनुपर्ने कुरामा जोड दिए । ओशिका दाहाल, ओजस्वी भुसाल, आशिक हुसेन, कृतिका दाहाल, समीर राउत, सुसान गौतम, पूर्णिामा खड्का लगायतका विद्यार्थीहरुले उनलाई विभिन्न प्रश्न सोधेका थिए । कार्यक्रममा स्वागत विद्यालयका प्र ।अ। मेघराज बजगाईले गरेका थियो भने अन्त्यमा विद्यालयका अध्यक्ष प्रल्हाद दाहालले मायाको चिनो प्रदान गर्दै शर्मालाई विशेष धन्यवाद दिँदै विद्यार्थीहरुलाई शर्माले भनेका कुराको अनुसरण गर्न अनुरोध गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु