केपी ओलीको कारण अहिलेको स्थिति आएको हो, एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक छ’ : भीमसेनदास प्रधान (भिडिओसहित)बजेट होलिडे भएर के भएको छ ?, अब केही दिनमै होलिडे खुल्छ र बजेट पारित हुन्छ’ : रामनारायण बिडारीनेपालको ईतिहासमा यो भन्दा असफल सरकार मैले देखेको छैन’ : कृष्णभक्त पोखरेलप्रधानमन्त्रीको रूपमा देउवा निकम्मा भए, अब कांग्रेसलाई ठूलो धक्का पर्छ : डा. दीक्षितकिनबेच विजनेस डटकमद्धारा डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्री विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भपछिल्लो २४ घन्टामा १ हजार २ सय ३७ जना संक्रमणमुक्तनेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटनहेर्नुहोस आज २०७८ असाेज २ गते, शनिवारको राशिफलनेपाली म्यूजिक भिडियो “म त डुब्दै डुब्दै” सार्वजनिकनेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ प्रदेश सभा (क)को सभापतिमा डा. सुन्दरसिंह बोहराले उम्मेद्वारी दिने

साधना लघुवित्त राष्ट्रियस्तरको लघुवित्तमा स्तरोन्नति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार १७:०९

काठमाडौ । साधना लघुवित्त राष्ट्रियस्तरको लघुवित्तमा स्तरोन्नति भएको छ । वित्तीय संस्था, कम्पनी ऐन २०६३ अन्तर्गत मिति २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकवाट घ वर्गको वित्तीय संस्थाको रुपमा १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त गरी मिति २०७४ कार्तिक २२ गतेबाट गोरखा नगरपालिका, वडा नं ६, हरमटारीमा केन्द्रीय कार्यालयवाट वित्तीय कारोवार गर्दै आएकोमा नेपाल राष्ट्र बैंकको मिति २०७६ मंसिर ११ गतेको पत्र अनुसार नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार सञ्चालन अनुमति प्राप्त भई राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थामा स्तरोन्नति भएको हो ।
साथै वित्तीय संस्थाको हाल केन्द्रीय कार्यालय साविककै स्थान गोरखा नगरपालिका ६, हरमटारी गोरखामा रहने र नाम साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने जानकारी वित्तीय संस्थाको अध्यक्ष कृष्ण वहादुर थापाले बताउनुभयो ।
संस्थाको कुल निक्षेप रु ४० करोड, कुल लगानी १ अरव ४५ करोड, शाखा संख्या कुल ४७, सदस्य संख्या ३९,००० रहेको छ । वित्तीय संस्थाको हालको चुक्ता पूँजी रु १४ करोड ७० लाख रहेको छ । सर्वसाधारण शेयर जारी पश्चात् संस्थाको चुक्ता पूँजी २१ करोड रहने जानकारी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु