• साधना लघुवित्तको शेयर विक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार १९:४४

    काठमाडौं, मंसिर १२ । ग्लोबल आइएमई क्यापिटलले साधना लघुवित्तको शेयर विक्री प्रबन्धकको काम गर्ने भएको छ । आज ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले एक समारोहका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

    गोरखा जिल्लाको सदरमुकाम गोरखाबजारको हरमटारीस्थित केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.ले तनहुँ जिल्लाको डुम्रेमारहेको आर्थिक सम्वृद्धि लघुवित्त वित्तीय संस्थालाईहालै मात्र प्राप्ती (एक्विजिसन) गरेर घ वर्गको लघुवित्त संस्थाहरुमा मर्जर÷एक्विजिसन गर्ने पहिलो लघुवित्त वित्तीय संस्थाको रुपमा दर्ज भएको छ भने एक्विजिसन पश्चात् हालै मात्र साधना लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतपत्र समेत प्रदान गरेको छ ।
    हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात्जारी तथा चुक्ता पुँजी रु. २१ करोड पुग्ने छ ।

    ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघु वित्त वित्तीय संस्था लिमिटेडका बीच ६ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता रु.१ सय को दरले हुने कुल रकम रु ६ करोड ३० लाख निष्कासन तथा विक्री गर्ने सम्बन्धमा पनि जानकारी दिएको छ ।

    हाल १४ करोड ७० लाख चुक्ता पूँजी रहेको साधारण शेयर निष्कासन पश्चात् जारी तथा चुक्ता पुँजी रु २१ करोड पुग्ने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु