श्रुति श्रेष्ठकोे नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिती चयनपछिल्लो २४ घण्टामा ९५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मताधिकार दिनबाट वञ्चित नगरियोस’ भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रधानमन्त्री देउवालाई बुझायो १२ बुँदे ज्ञापनपत्रIn honor of graduated Nepalese Embassy of Pakistan organized an Alumniनेपाल चेम्बर र महिला चेम्बरबाट सिनेटर अधिकारी र आयोग सदस्य ताम्राकार सम्मानितबागमती च्याम्पियनहिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णयचर्चित गायक प्रकाश कटुवालको शब्द एवम् संगित रहेको "सुन्तली" नामक गित सार्वजनिकमलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउनेनेकपा एमाले केन्द्रीय कमिटी बैठक आज

चलचित्र ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार २०:००

काठमाडौं –‘एक्सन स्टार’ विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डकले ठुम्का लगाएकी छन् । निकिताको ‘साङ्लो’ डेब्यू फिल्म भएका कारण धेरैमा उनको अभिनय कस्तो होला भन्ने कौतुहलता रहेको छ ।
माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्म एक्सन जनरामा बनेको छ । यो फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र अर्जुन जिसीको सम्पादन छ । मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा विराज र निकिताका अलावा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु